०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके जिल्लामा एसपी :राना लागूऔषध निस्तेज महाअभियानमा

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(महेन्द्र सिंह)                                                       बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लामा लागू औषधलाई निस्तेज गर्नको लागि प्रहरीले स्थानीय तहसंगको सहकार्यमा लागू औषध निस्तेज महाअभियान २०७७ सञ्चालनमा ल्याएको जानकारी दिए । बाँके प्रहरीले बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडाका वडा अध्यक्षको संयोजकत्वमा लागू औषध बिरुद्धको वडास्तरिय समिति निर्माण गरी काम सुरु गरेको उनले बताए । यसै महाअभियान अन्तरगत बाँकेको नरैनापुर गाउपालिकाका र राप्तीसोनारी गाउपालिकाको वडा नं. ६ र ७ को वाडा समिति तथा स्थानीय नागरिक समुदायसंग नरैनापुरमा अन्तरक्रियामा समेत आयोजना गरेको छ ।

उनले लागूऔषधको कारण जिल्लामा अपराधको दर ७० प्रतिशतले बढेको ले महाअभियान सञचालन गर्नु परेको बताए । जिल्ला प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ६१ वटा मुद्दामा ८३ जना प्रक्राउ परेका छन् ।

सो कार्यक्रममा बोल्दै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले लागू औषध समाजको लागि बिष भएको कारण सबैको सहयोगले मात्र यसलाई निमूर्ल गर्न सकिने भएकोले गाउपालिकाले लागू औषध निस्तेज महाअभियानलाई सहयोग गर्ने बताए । लागूऔषध निस्तेज महाअभियानले वडास्तरबाट आफ्नो गतिविधि सुरु गरेको जानकारी दिदै राप्तीसोनारी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष तथा महाअभिानका संयोजक रामलखन थारुले नशा मुक्त समाज निर्माणको लागि प्रहरी मात्रैले केहीगर्न नसक्ने भएकोले सबैको हातेमालो आवश्यक भएको बताए । ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज क्षेत्रीले जिल्लामा लागू औषधको मुद्दाको अवस्था र प्रहरी नागरिकको सक्रियताको बारेमा जानकारी गराउनुको साथै नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले पालिकाले लागू औषध बिरुद्धको महाअभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!