०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

संसद् विघटनसँगै अन्ततः फुटतर्फ नेकपा

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

 

(ABC Sanchar)
काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले समानान्तर कमिटीमार्फत बैठक बस्ने निर्णय गरेसँगै सत्तारूढ नेकपा विभाजनको अन्तिम संघारमा पुगेको हो । सम्भवतः अब नेकपामा फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको घटनाक्रमले पुष्टि गरेको छ ।

विवाद उत्कर्षमा पुगेर प्रतिनिधिसभा विघटन भएपछि दुवै समूहले आगामी रणनीति तय गर्न गुटगत भेला र बैठक बोलाउने क्रमलाई तीव्रता दिएका छन् । दुवै पक्षले एकले अर्कालाई अनुशासनको कारबाही गर्ने गरी तयारी अघि बढाएका छन् भने दुवै पक्षले आआफ्नो बैठकलाई नै आधिकारिक भएको दाबी गर्न थालेका छन् ।

– ओली र दाहाल–नेपाल पक्षद्वारा सोमबार छुट्टाछुट्टै सांसद भेला
– मंगलबार केन्द्रीय कमिटीको छुट्टाछुट्टै बैठक
* एक पक्षद्वारा अर्को पक्षका अध्यक्षलाई कारबाही गर्ने

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका सांसदको भेला राखेर प्रतिनिधिसभा विघटन गर्नुका कारण र औचित्यबारे प्रकाश पार्दै सबैलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीका विरुद्ध हस्ताक्षर गर्ने चार जना सांसदहरू ओलीले बोलाएको भेलामा सहभागी भएका छन् । उनीहरूले दाहाल पक्षले आफूहरूको हस्ताक्षरको दुरुपयोग गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षरबिना पार्टीका कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । नेकपाका हरेक निर्णयमा अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताउँदै उनले हस्ताक्षरबिनाको निर्णयले वैधानिकता नपाउने भएकाले बैठकको निर्णयको कुनै अर्थ नहुने स्पष्ट पारे ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरमा आफू निकट सांसदहरूको भेला गरी छुट्टै रणनीति तय गरेका छन् ।

यो पनि पढ्नुहोस
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षण गर्ने अवसर दिनेछ : प्रधानमन्त्री
विघटित संसद्का सांसदको भेला गरेका ओली र दाहाल–नेपाल समूहले आज मंगलबार आफू निकटका केन्द्रीय सदस्यको भेला गर्दै छन् । आफ्नै दलका नेताहरूले आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै संसद् विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

संसद् बैठक बोलाउन माग
यसैबीच नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहले बानेश्वरमा गरेको सांसद भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संसद् बैठक बोलाउने निर्णय भेलाले गरेको बताए । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको गुरुङले बताए ।

भेलामा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेको बताउँदै उनले बुधबार फेरि दलको बैठक बोलाउने निर्णय भएको बताए ।

भेलाले प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने संवैधानिक अधिकार नभएको निष्कर्ष निकालेको छ । सांसदहरूको भेला सम्पन्न भएपछि बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । सर्वदलीय बैठकमा शीर्ष नेता जानुपर्ने भएकाले स्थायी कमिटीको बैठक स्थगित भएको हो । सांसदहरूको भेला सकेर नेकपा शीर्ष नेताहरू कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकमा पुगेका छन् ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!