०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सिरहाको सुखीपुर नगरपालिकामा कुकर बम फेला

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

ABC (क्राईमबिट)
जनकपुरधाम । सिरहाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ । आज बिहान कार्यालय खोलेर सरसफाई गर्ने क्रममा बम फेला परेको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि कालो ब्यागमा बम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले त्यहाँ कसैलाई जान दिएका छैन । बम डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको स्थानीयले जानकारी दिए । बम भेटेपछि कार्यालयको कामकाज ठप्प छ । बम कसले राखेको विषयमा अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!