०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मृत्युक थापाको आफ्नो TikTok नभएको खुलासा साथीहरू फरार प्रहरी खोज्दै

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

(सागर थापा) दाङ । तुल्सीपुर देखि पश्चिममा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएपछि अहिले रमेश थापाको घर परिवार सबै सोकमा छन । र रमेश थापा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भए पछी उनि संग पुलमा गएका साथीहरु अहिले फरार भएका छन। उनको खास घर तुल्सीपुर उपमहानगरपालिका वडा नं १९ कुटिचौरमा हो । मिडियामा बिजौरी भनेर आएको थियो । रमेश थापाले (Facebook) र (TikTok) ID समेत नखोलेको बहिनीले खुलासा गरेकी छिन। दाई पुलबाट खसी सकेपछि अस्पताल लग्नुको सातो भागेको छिटोभन्दा अस्पताल लगेको भए दाइ बाच्ने थियो । रमेशको बहिनीले बताइन् । अस्पताल ल्याउन धेरै ढिला गरेको उनको घरमा फोन गरेर कसैले पनि जानकारी नदिएको बहिनी बताउछिन। रमेश थापाको घरको आर्थिक अबस्ता पनि धेरै कम्जोर रहेको छ । रमेश थापाको आफन्तले संगै गएका साथीहरूलाई तत्काल खोजतलास गरि सत्यतथ्य अनुसन्धान गरि कार्वाहीको माग गरेका छ्न । यता ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले रमेश थापाको परिवारबाट जाहेरी आए पछी फरार रहेका साथीहरूलाई तत्काल खोजतलास गरी कार्वाही अनुसन्धान अगाडी बढाउने र साथीहरूलाई प्रहरीले खोजतलास पनि गरीरहेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!