०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दुई थान कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

ABC (क्राईमबिट)
सुनसरी । कोशी गाउँपालिका-८ भाण्टावारी चोक नजिकबाट २ थान कटुवा पेस्तोल, ५ राउन्ड गोली सहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी कोशी गाँउपालिका-८ बस्ने ३५ वर्षीय मो.मुक्तार मिया र सोही ठाउँ बस्ने २७ वर्षीय सद्दाम मिया रहेका छन् ।

केही युवाहरुले भारतबाट हातहतियार तथा खरखजना ल्याई नेपालमा बिक्री वितरण गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को. ३६ प २३९० र बिआर ५०सि ०२४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सद्दाम मियाले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!