२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ट्राफिक प्रहरीलाई घुस दिने चालक पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

(दिपेन्द्र क्षेत्री)
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले आज भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर नगद रकम दिन खोजेकाले उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।

प्रहरी निरीक्षक आचार्यले जाँचका क्रममा ना ४ ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका– ४ कैलाली निवासी २८ वर्षीय विवेक सिंह, ना५ख ९६२४ नम्बरका ट्रक चालक सीतगङ्गा नगरपालिका– ९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना७ख ७०२४ नम्बरकाट्रक चालक भरतपुर महानगरपालिका– ९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे१ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका २४ वर्षीय कमल रजा पक्राउ परेको बताए।

पक्राउपर्ने सहचालकमा बा३ख ६२१२ नम्बर बसका सहचालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे१ज ६५५ नम्बर विङ्गर चालक राप्ती सुनारी गाउँपालिका– २ बाँकेका २१ वर्षीय प्रमोद विक रहेको उनले जनाए।
प्रहरी निरीक्षक आचार्यका अनुसार पक्राउ परेका सबै चालकलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!