०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

ट्राफिक प्रहरीलाई घुस दिने चालक पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

(दिपेन्द्र क्षेत्री)
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले आज भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर नगद रकम दिन खोजेकाले उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।

प्रहरी निरीक्षक आचार्यले जाँचका क्रममा ना ४ ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका– ४ कैलाली निवासी २८ वर्षीय विवेक सिंह, ना५ख ९६२४ नम्बरका ट्रक चालक सीतगङ्गा नगरपालिका– ९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना७ख ७०२४ नम्बरकाट्रक चालक भरतपुर महानगरपालिका– ९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे१ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका २४ वर्षीय कमल रजा पक्राउ परेको बताए।

पक्राउपर्ने सहचालकमा बा३ख ६२१२ नम्बर बसका सहचालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे१ज ६५५ नम्बर विङ्गर चालक राप्ती सुनारी गाउँपालिका– २ बाँकेका २१ वर्षीय प्रमोद विक रहेको उनले जनाए।
प्रहरी निरीक्षक आचार्यका अनुसार पक्राउ परेका सबै चालकलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]