२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बढी पैसा लिने मेनपावर कम्पनीलाई कारबाही

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

 

(ABC Sanchar)
काठमाडौँ । वैदेशिक रोजगार विभागले साउदी अरब जान लागेका युवासँग मनलाग्दी पैसा असुली गरेको अवस्थामा राजधानीको एउटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई आकस्मिक कारबाही गरेको छ ।
विभागको आकस्मिक अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौँको धुम्बाराहीस्थित मनास्लु इन्टरनेसनल सर्भिस प्रालिमा साउदी जाने युवासँग पैसा लेनदेनकै कारोबार गरेको अवस्थामा फेला पारेपछि कारबाही गरेको हो ।
साथै विभागको अनुगमन टोलीले उक्त रोजगार कम्पनीका सञ्चालकलाई आवश्यक कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुनसमेत निर्देशन दिएको जनाएको छ ।
साउदीको हेल्दी फुड्सको एलटीडीमा कफी मेकर पदमा जान लागेका युवासँग कम्पनीका एक कर्मचारीले प्रतिव्यक्ति एक लाख रुपियाँभन्दा बढी रकम मागेको र पैसा नदिए भिसा रद्द गर्नेसम्मको धम्की दिएपछि प्रभावित युवाले विभागमा उजुरी गरेका आधारमा विभागको टोलीले अनुगमन गरेको थियो ।
विभागको अनुगमन टोलीले ठगीमा परेका युवाले बुझाएको रकमसहित कम्पनी सञ्चालकलाई फेला पारेको जनाएको छ । वैदेशिक रोजगारको ऐनअनुसार मलेसिया र खाडीका छ देशमा जान १० हजार रुपियाँभन्दा बढी लिन पाइँदैन तर म्यानपावर कम्पनीले भने खुलेआम विदेश जाने युवासँग लाखौँ रुपियाँ असुल गर्ने गरेका छन् । उक्त टोलीले अनुगमनका क्रममा भिसा लागेका युवालाई सरकारले तोकेको शुल्कमा साउदी उडाउन र साउदी पुगेपछि कुनै प्रकारको नियोजित दुःख नदिनसमेत निर्देशन दिएको छ । विभागले जुनसुकै बेला चर्को असुलीविरुद्ध उजुरी आउन सक्ने र वैदेशिक रोजगारमा जाने श्रमिक ठगिन सक्ने हुँदा शनिबार वा कार्यालयको समयबाहेकको समयमा पनि अनुगमन हुने स्पष्ट पारेको छ ।
यसअघि विभागले गएको तीन महिनाका बीचमा ६० वटा म्यानपावरको आकस्मिक अनुगमन गरी ४५ वटालाई त कारबाही नै गरिसकेको जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]