०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

संसद विघटन निर्णयविरुद्ध नेपाल बन्द पनि हुन सक्छ : प्रचण्ड

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

 

(ABC Sanchar)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रचण्ड–माधव पक्षले बबरमहलस्थित कार्की ब्यांकेटमा बिहीबार आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ। कडा नै हुन्छ। साहस गरौं,’ आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई उनले भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु। आन्दोलन गर्ने हो। आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ।’

आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपमान सहेको समेत उल्लेख गरे। आफूहरूले ओलीविरुद्ध राजनीतिक प्रतिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]