२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भालुवाङको लालमटिया स्वास्थ्य चौकीमा नियमित सेवा विस्तार

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

(सागर थापा)
दाङ । भालुवाङ राप्ती गाउँपालिका लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा बिहीबारबाट विस्तार भएको छ । राप्ती गाउँपालिकाले निक साईमन्स ईन्टिच्युट ललितपुरको सहकार्यमा एमबिबीएस चिकित्सकसहितको प्राबिधिक सेवा सुरु गरेको छ ।

विगतमा एकजना मात्रै चिकित्सक रहेकोमा अबदेखि एक जना ल्याव टेक्निसियन, एकजना फार्मेसी सहायक , एकजना स्टाप नर्स थप गरिको छ । अब स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा, ईसिजी सेवा सुरु गरिएको छ ।

छिटै डिजीटल ऐक्सरे सेवा समेत सुरु गरिएको राप्ती गाउँपालिका वडा नम्बर १ का तारा बहादुर डिसीले जानकारी दिए । हाल दूईवटा भवनबाट सेवा भइरहेको छ । अबदेखि स्वास्थ्य चौकीमा आगामी दिनमा नयाँ स्वास्थ्य सेवासुविधा सहितको सेवा प्रदान गर्नको लागि प्रदेश सरकार तथा संघीय सरकार संग समन्वय भइरहेको अध्यक्ष डिसीले बताए ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष डिसीले चौकीको स्तरउन्नती गर्न अति आवश्यक रहेको बताए । सो अवसरमा निक साईमन्सका सिनियर चिकित्सक मदन श्रेष्ठ, ल्याव टेक्निसीएन अमित सुवेदी, फार्मेसी सहायक मेघराज पाण्डे र स्टाफ नर्स श्रृजना गुरुङलाई स्वागत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!