
(तेज वली)
दाङ । तुलसीपुर दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका बिभिन्न ठाँउहरुमा सचेतनामुलक बोर्डहरुकाे स्थापना गरेकाे छ । तुलसीपुर-सल्यान सडकखण्ड अन्तर्गत गोठिखोला स्थित श्री आधारभुत बिधालय गोठिखोलाको सहयोगमा अस्थायी प्रहरी पोस्ट गोठिखोलाको सहकार्यमा एक कार्यक्रमका बिचमा सचेतनामुलक ट्राफिक बोर्ड राखिएको छ ।
बिहिवार गाेटिखाेला स्थित एक कार्यक्रमको आयोजना गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन बहादुर जिसि ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र ना नि चन्द्र के.शी, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चेतमान सेजवाल, प्रहरी पोस्ट गोठिखोलाका प्र स नि बालाराम नेपाली लगाएत प्रहरी कर्मचारी र ट्राफिक प्रहरीहरुकाे सहभागिता रहेको दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभएको छ ।