१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

संसद विघटनसंगै दाङ प्रहरी हाइ अलर्टमा बाक्लो प्रहरी परिचालन

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

 

(सागर थापा)
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गर्न सिफारिस संगै अहिले दाङमा सुरक्षा ब्यबस्थापन बाक्लो पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै दाङ जिल्लाभर प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिएका छन् ।
संसद विघटनको प्रस्तावप्रति जनमानसमा आक्रोश फैंलिदै गएपछि सुरक्षा फौजलाई आवश्यक्ता अनुसारका सामाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन गरेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादलाई लक्षित गरि दाङमा थप प्रहरीहरु परिचालन गरिएको छ । दाङ प्रहरी प्रमुख एसपी चंन्दका अनुसार अहिले विशेष गरि नेकपाको पार्टी कार्यालयका लागि समेत देशभर विवाद भइरकेको अबस्थामा दाङ जिल्लामा पनि दुई पाटीको विवाद हुन सक्ने भन्दै थप प्रहरी मुख्य बजारमा परिचालन गरिएको छ ।

साथै दाङ जिल्लाभरमा पार्टी कार्यालय आसपासमा बढि प्रहरीले निगरानी गरेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]