०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सवारी लाइसेन्सको लागि अनलाइन फारम शुक्रबारदेखि खुला

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

 

(ABC Sanchar)
काठमाडौं । सरकारले सवारी साधानको लाइसेन्सका लागि अनलाइन फारम खुलाएको छ।

शुक्रबार यातायात व्यवस्था विभाग एक सूचना जारी गर्दै सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुलाउने जनाएको छ।

यही पुस १४ गतेदेखि लागू हुने गरी विभागले सवारी चालक अनुमति पत्र लिन भरिने अनलाइन फारम खोलेको हो।

१० महिनादेखि सवारी चालक अनुमपत्र लिन योग्य भएर पनि नयाँ फारम भरेर पक्रियामा सहभागी हुन नपाएकाहरूका लागि यसले महत्वपूर्ण राहत दिनेछ।

सूचनामा विभागले गत चैत्र ११ गतेदेखि बन्द भएको सवारी चलाक अनुमति पत्रको अनलाइन फारम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड पालना गरी यही पुस १४ गते मंगलबारदेखि खुला गरिने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!