१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

चितुवाको छाला सहित डोटीबाट ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

 

ABC (क्राईमबिट)
डोटी । चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेशकुमार सिंहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!