१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सामाजिक अपराध न्युनिकरण गर्न प्रहरिको सचेतना कक्षा

Logo
प्रकाशित सोमबार, जेठ १४, २०७५

१४ जेष्ठ २०७५, आईतवार
सलिम अन्सारी,१३ जेठ । सरुमारानी गाउपालिका वडा नम्बर ४ स्थित अस्थायी प्रहरी पोष्ट बड्डडाडा प्युठानले सामाजीक अपराध, दव्र्यसन तथा ट्राफिक नियम सम्बन्धी विद्यार्थीलाई जानकारी दिन बिद्यालयमा सचेतना कक्षा संचालन गरेको छ ।
विकृति, विसगंति,अपराध, हिसां लगायतका सामाजिक अपराध न्यूनीकरण गर्न एकदिने सचेतना कक्षा संचालन गरिएको हो।
अस्थायी प्रहरी कार्यालय बड्डडाडाले बिभिन्न विषयमा विद्यार्थीहरूलाई जानकारी दिने उद्ेश्यले आज जनता मावि बडडाडामा सचेतना कक्षा संचालन गरेको जनाएको छ ।
कक्षा ९ र १० मा अध्यन गर्ने विद्यार्थीलाई फेसबुक एकाउन्टको सुरक्षा कसरी गर्ने र फेसबुकको दुरुपयोगले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाबारे जानकारी गराइएको थियो । कार्यक्रममा लागुऔषध दुव्र्यसनबाट बच्ने उपाय, मोवाइल फोनको दुरुपयोगले निम्त्याउने समस्याहरू, ट्राफिक जनचेतना सम्बन्धी,साथै घरेलु हिंसा, महिला हिसां,बाल बिबाह, जातीय छुवाछुतलगायत बिषयमा चेतनाको अभियान संचालन गरिएको थियो । सचेतना कक्षाको प्रहरी सहायक निरिक्षक रमेश नगारी,ट्राफिक प्रहरी जवान दिपक थापा र प्रहरी जवान बद्री कुवंरले सहजीकरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]