०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

काठमाडौंको संकटा क्षेत्रमा छाता रङीचङी सेल्फी खिच्नेको भीड

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

 

(ABC Sanchar)
काठमाडौं, पुस ११ गते । लामो समयको लकडाउनबाट बल्ल मुक्त भएका युवा पुस्ताका लागि अहिले मन बहलाउने बहाना मात्र चाहिएको छ उनीहरुको भीड लागिहाल्छ । काठमाडौंको न्यूरोड संकटा गल्लीमा एक युवकले छाता सजाउने सोच बनाए । मानिसको यस्तो भीड लाग्ने भन्ने कल्पना समेत गरेका थिएन । जब उनले रङ्गचङ्गी छाता सझाउन थालेका मात्र थिए टिकटक बनाउने र सेल्फी खिचेर पोस्ट गर्नेहरु ओहिरिए ।

सजाएर राखिएको छाता मुनी बसेर रमाइलो गर्ने युवापुस्तादेखि बुढा बुढीका संख्या उल्लेख्य छ । लामो समयदेखि कोरोनाको कारण थलिएको यस क्षेत्रको व्यवसायलाई प्रमोशन गर्न छाता राखिएको आयोजक संस्था संकटा क्लवको भनाइ छ । छाताले मानिसहरुको भिडभाड् बढे संगै व्यापारमा समेत केही वृद्वी हुँदै गएको आयोजकको भनाई छ ।

मानिसहरु सेल्फी खिच्न र टिकटक बनाउन अपेक्षितभन्दा धेरै मानिस आइरहेको संकटा क्लवका सचिव आशिषमान सिंहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । दैनिक २० हजार भन्दा बढीको संख्यामा मानिसहरु आउने गरेको र दैनिक आउने संख्या बढेको क्ल्वका सचिव सिंह बताउनुहुन्छ । यस क्षेत्रमा विहानदेखि रातको १२ बजे सम्म यस क्षेत्रको अवलोकन गर्न आउने गरेका छन् । संकटा गल्लीमा ४२० वटा भन्दा बढी छाता राखेको उहाँले बताउनुभयो ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!