०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

काठमाडौंको संकटा क्षेत्रमा छाता रङीचङी सेल्फी खिच्नेको भीड

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

 

(ABC Sanchar)
काठमाडौं, पुस ११ गते । लामो समयको लकडाउनबाट बल्ल मुक्त भएका युवा पुस्ताका लागि अहिले मन बहलाउने बहाना मात्र चाहिएको छ उनीहरुको भीड लागिहाल्छ । काठमाडौंको न्यूरोड संकटा गल्लीमा एक युवकले छाता सजाउने सोच बनाए । मानिसको यस्तो भीड लाग्ने भन्ने कल्पना समेत गरेका थिएन । जब उनले रङ्गचङ्गी छाता सझाउन थालेका मात्र थिए टिकटक बनाउने र सेल्फी खिचेर पोस्ट गर्नेहरु ओहिरिए ।

सजाएर राखिएको छाता मुनी बसेर रमाइलो गर्ने युवापुस्तादेखि बुढा बुढीका संख्या उल्लेख्य छ । लामो समयदेखि कोरोनाको कारण थलिएको यस क्षेत्रको व्यवसायलाई प्रमोशन गर्न छाता राखिएको आयोजक संस्था संकटा क्लवको भनाइ छ । छाताले मानिसहरुको भिडभाड् बढे संगै व्यापारमा समेत केही वृद्वी हुँदै गएको आयोजकको भनाई छ ।

मानिसहरु सेल्फी खिच्न र टिकटक बनाउन अपेक्षितभन्दा धेरै मानिस आइरहेको संकटा क्लवका सचिव आशिषमान सिंहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । दैनिक २० हजार भन्दा बढीको संख्यामा मानिसहरु आउने गरेको र दैनिक आउने संख्या बढेको क्ल्वका सचिव सिंह बताउनुहुन्छ । यस क्षेत्रमा विहानदेखि रातको १२ बजे सम्म यस क्षेत्रको अवलोकन गर्न आउने गरेका छन् । संकटा गल्लीमा ४२० वटा भन्दा बढी छाता राखेको उहाँले बताउनुभयो ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!