०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

मोटरसाइकल र स्कुटर ठोक्किए पछी आगलागी

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

 

(सिमा गुरुङ)
भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिकाको मोटरसाइकलमा आगलागी भएको छ । लु१ब १४३४ नम्बरको एबेन्जर मोटरसाइकल स्कुटरसँग ठक्कर खाएपछि आगलागी भएको हो।
शनिबार सैनामैना नगरपालिका बुद्धनगरस्थित गैरे डिजल्स अगाडि लु ६४ प ३६५० नम्बरको स्कुटरसग ठक्कर खाएको थियो । मोटरसाइकल चालक दीपक घिमिरे भने सकुसल रहेका छन् । दुर्घटना पछि मोटरसाइकल पल्टिएलगतै आगो लाग्न सुरू भएपछि स्कुटरलाई भने तानेर जोगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगो लागेपछि मोटरसाइकल पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। आगो लागेपछि केहीबेर सडक नै अवरुद्ध भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!