२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी राना र इन्स्पेटरको सक्रियतामा तस्करी समान धमाधम पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

 (सागर थापा/महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।

डुडुवा गाउँपालिका वडा नं ०२ बेतहनी नजिकमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अवैध मालसामानहरु ल्याईरहेका भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली चिनी, युरियामल र सूति बरामद गरेको हो । तस्करहरुले भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।

प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काका अनुसार, ९ सय ४ किलो चिनी, ८ सय २ केजी युरिया मल, १९९ पोका सुपर वापर सूर्ति र खलिल सूर्ति ५० पोका बरामद गरेको छ । उक्त सामानको मूल्य १,३१,७६० (एक लाख एकतिस हजार सात सय साठी) बराबरको रहेको पनि प्रहरीले जनाएको छ । मुख्य नाका छलेर तस्करहरुले अन्य नाका प्रयोग गर्न थालेपछि त्यसतर्फ बाँके प्रहरी सक्रिय भएको एसपी ओमबहादुर रानाले बताउनुभयो। खुल्ला सिमानाले गर्दा तस्करीको चाप अन्य नाकामा बढेपछि बाँके प्रहरीको सक्रियता पनि बढेको हो ।

यसअघि प्रहरीले एक ट्याक्टर सूर्ति बरामद गरेको थियो । अवैध नाकाबाट प्रवेश गराइएको बाँके प्रहरीले सूचना पाएपछि नियन्त्रण सम्भव भएको थियो । यस्तै भारतबाट ल्याइएका ६ वटा रांगा समेत प्रहरीले पक्राउ गरेको थियो । आवस्यक कार्वाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!