०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

(ABC Sanchar)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको माथिल्लो सदन (राष्ट्रि सभा)को अधिवेशन आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तल्लो सदन (प्रतिनिधि सभा) विघटन गरेको १ हप्तापछि राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले पुस १७ गते दिनको ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिघिरेले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी जनाएका छन् । राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ५) गते प्रधानमन्त्री ओलीको सिफारिसमा संघीय संसदको तल्लो सदन (प्रतिनिधि सभा) विघटनको घोषणा गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि देशको राजनीतिक अवस्था भने तरल बनेको छ । संविधान विद्हरुले असंवैधानिक भनेको प्रतिनिधि सभा विघटनको विरुद्धमा राजनीतिक दलहरु समेत आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित नै भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!