०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बिच बाटोमा चालकमाथि खुकुरी प्रहार

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

(तेज वली)

दाङ । तुलसीपुरमा शनिबार राति १२ बजेतिर अटोमा चढेका यात्रुहरुले चालकमाथि खुकुरी प्रहार गरि लुटपाट गरेका छन् । पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह २५४६ नम्बरको अटोलाई अपरिचीत ४ जनाको समूह अटोमा बसेर आधा बाटो गएपछि चालकलाई नै खुकुरी प्रहार गरी २५ सय रुपैँया लुटपाट गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए ।

उनका अनुसार महेन्द्र माध्यामिक विद्यालय नजिक लगेर अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. २ खैरीपुर निबासी २६ बर्षका तेज बहादुर नेपालीलाई खुकुरी प्रहार गरेर लुटपाट गरी उनीहरु फरार भएका हुन् । फरार रहेकाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्र्चाज भएका छन् । प्रहरीले अटो रिक्सालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!