०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके सिडियो कुरुबाङ्गले दिए तस्करी रोक्न प्रहरी प्रमुखलाई कडा निर्देशन

Logo
प्रकाशित सोमबार, पुष १३, २०७७

(महेन्द्र सिंह)
बाँके। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बाँकेका सुरक्षा निकाय प्रमुखहरुलाई तस्करी रोक्न कडा निर्देशन दिएका छन् । आईतबार प्रशासन कार्यालयमै जिल्ला सुरक्षा प्रमुखहरुलाई बोलाई प्रजिअ कुरुम्वाङ्गले कुनैपनि हालतमा तस्करी रोकिनु पर्ने बताएका छन् । सिडिओ कुरुम्वाङ्गले तस्करी बिरुद्ध कडा रुपमा एक्सनमा हिँडेको उल्लेख गर्दै कुनै राजनीतिक दवाव र कसैको पावरमा तस्करलाई नछोड्ने कानून बमोजिम सिधै भित्र हाल्ने बताए । ‘तस्कर छुटाउन कसैले पनि कष्ट नगरिदिनु होला ।’ सिडिओ कुरुम्वाङ्गले भने ‘चोरी तस्करी मातृभुमिमाथिको बलात्कार हो, कुनै हालतमा छोडिने छैन ।’
नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत जिल्ला प्रहरी प्रमुखहरु उपस्थित रहेको ‘तस्करी कसरी रोक्ने’ भन्ने छलफलमा सिडिओ कुरुम्वाङ्गले सबै सुरक्षा प्रमुखहरुलाई बाँकेको तस्करी जसरी भएपनि रोकिनु पर्ने र तस्करलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिए ।

बाँकेमा सरुवा भएर आएदेखि चोरी तस्करी, गुण्डागर्दी, भ्रष्टाचार लगायतका कानून विपरित हुने क्रियाकलाप रोक्न कम्मर कसेर लागेका सिडिओ कुरुम्वाङ्गले तस्करी रोक्न जिल्ला सुरक्षा प्रमुखहरु दिन होस् वा रात सूचना आउने वित्तिकै आ–आफ्नो ठाउँबाट अहोरात्र खटिनु पर्ने बताए । तस्करी रोक्न जनपद र सशस्त्र प्रहरीका युनिटहरुमाथि कडा निगरानी गर्ने र तस्करी गराउन सहयोग पुर्याएको भेटिए युनिट ईन्चार्जमाथि कारबाही गरिने निर्णय भएको सिडिओ कुरुम्वाङ्गले जानकारी दिए । ‘सबै जिल्ला सुरक्षा निकायका प्रमुखहरु तस्करी रोक्न एकमतले खटिने जनाउनु भएको छ । तपाईहरु कसैको दवाव र धम्कीले पछाडी नहट्नु होला ।’ सेतोखरीसँग कुरा गर्दै सिडिओ कुरुम्वाङ्गले भने ‘जति धम्की र प्रेसर आउँछ म सामना गर्छु, तस्कर र तस्करीको मालसामान नछोड्नु होला । तस्करी रोक्न भनि जुन सीमाक्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीका युनिटहरु छन्, तिनीहरुमाथि गोप्य रुपमा मूल्याकन गर्ने र तस्करी रोकिएन वा कहिंकतै संलग्नता देखिए ईन्चार्जमाथि ठाउँका ठाउँ कारबाही गरिने छ । बाँकेमा एक महिनायता तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा राखिएका नेपाल प्रहरीका चौकी, ईलाका र सशस्त्र प्रहरीका युनिटहरु नै तस्करी गराउनमा संलग्न भएपछि जिल्लामा तस्करी बढेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!