१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने ५ जना गिरोह पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १६, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन्।

उनीहरुमध्ये एक जनालाई ताकेश्वर नगरपालिकास्थित धर्मस्थली र चार जनालाई काठमाडौँ महानगरपालिका–१६ म्हैपीबाट पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]