२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

नेपाल प्रहरीको गुनासो पेटिका विस्तार

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

 

ABC (क्राईमबिट)
वाग्मती । प्रहरीले जनतालाई पु¥याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ ।

यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको गुनासो पेटिका अब प्रदेशका अन्य सबै पालिकामा समेत राख्ने गरी तयारी अघि बढाइएको हो । तीन चरणमा प्रहरी गुनासो पेटिका प्रदेशका सबैजसो स्थानीय तहमा राखिने छ ।

सुझाव पेटिकामा प्राप्त सुझावले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन सघाउ पुगेकाले सुझाव पेटिकालाई व्यापक बनाउन लागिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।

प्रहरी कार्यालयमा वर्षौँदेखि गुनासो पेटिका राखिए पनि प्रहरीका गलत कामको उजूरी त्यहाँ नपर्ने हुनाले अब स्थानीय निकायमा सर्वसाधारणलाई गुनासो पेटिका राखिएको प्रदेश प्रहरी कार्यालयको निष्कर्ष छ ।

स्थानीय तहमा राखिएको गुनासो पेटिका प्रत्येक महिनाको १ गते सम्बन्धित तहका प्रतिनिधि र स्थानीयवासी, नजीकको प्रहरी एकाइका प्रतिनिधिले सिलबन्दी गरेर प्रदेश प्रहरी कार्यालयमा पठाउनुपर्छ ।

गुनासोमाथि छानबिन र कारवाही गर्ने काम प्रदेश प्रहरी कार्यालयले गरिरहेको जनाइएको छ । नागरिकलाई प्रहरीले प्रदान गर्ने सेवा थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा गुनासो पेटिका राख्दै आएको छ ।

गुनासो पेटिकामा प्राप्त आवश्यक योग्य सुझावलाई तत्काल कार्यान्वयन चरणमा अघि बढाइने गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए । पहिलो चरणमा भरतपुर महानगर र हेटौँडा उपमहानगरसहित २५ नगरपालिका र जिल्ला सदरमुकाममा रहेको एउटा गाउँपालिकामा गुनासो पेटिका राखिएको थियो ।

अब दोस्रो चरणमा ७० गाउँपालिका गुनासो तथा सुझाव सङ्कलन पेटिका राखिने छ भने तेस्रो चरणमा आवश्यकतानुसार वडा कार्यालय समेतमा विस्तार गरिने प्रदेश प्रहरी कार्यालयको योजना छ । स्थानीय तहमा सेवा लिन जाने सेवाग्राहीले पनि प्रहरीलाई आफ्नो कामकारबाहीबारे गुनासो र सुझाव दिन सक्ने छन् ।

सुझाव तथा गुनासो गोप्य रहने छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा ‘गुनासो पेटिका’ राखेर प्रहरी–कर्मचारीका गलत कामको उजूरीसमेत सङ्कलन सुधारका लागि विविध काम गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]