१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

निर्वाचनको सम्पूर्ण तयारी पूरा : प्रवक्ता गुरुङ्ग

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

(ABC Sanchar)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुन मान्यता भएकोले कसैको भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ । अहिलेकाे सरकार काम चलाउ हाे कि भन्ने खालका प्रश्न उठेकाे भन्दै काेही पनि भ्रममा नपर्न अपील गर्नुभयाे ।

आज मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने भन्दै कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएकाे भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्र प्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उहाँले बताउनुभयो ।

अहिले संसद पूर्नस्थापना भन्दा अहिले ताजा जनादेशमा जानु पर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई प्रवक्ता गुरुङले आग्रह गर्नुभयो । सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरेको र यसै गरि निर्वाचन आयोगले पनि तयारी गरिरहेको उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

नेपाल सरकारले ल्याएको पछिल्लो कदम सहि भएको समेत उहाँले स्पष्ट पार्नु भयो । उहाँले पत्रकार सम्मेलनमा गोरखापत्र संस्थानमा पत्रकार गोपाल खनाललाई सल्लाहकार सम्पादकका रुपमा थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय भएको समेत जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथलीको बागमती किनारमा वर्षौंदेखि रहेका टिन-त्रिपालका घरहरू अहिले खाली छन्। २०८२ वैशाखमा सरकारले दिएको २ दिने सूचनापछि सुरक्षाकर्मीको उपस्थितिमा बस्ती खाली गरिएको हो। *के भयो खाली गरेपछि:* 1. *बस्तीको अवस्था*: साँघुरा गल्ली, नीलो त्रिपालका छाप्रा र भिडभाड अब हटेको छ। ठाउँ अहिले खुला छ, तर अधिकांश संरचना भत्काइएको छ । 2. *कसलाई हटाइयो […]

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

error: Content is protected !!