१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

नक्कली सीआईबीको परिचय पत्र बनाउने ५ जना गिरोह’ पक्राउ

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

 

ABC (क्राईमबिट)
धनुषा । जनकपुरधाममा सीआईबीको नक्कली परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सीआईबीको नक्कली परिचयपत्र र स्ट्याम्प बनाउने गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा बिहीबार अपराधिक गिरोहले सरकारी कागज, दस्तखत, छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्राप्त हुनासाथ प्रहरीले खनतलासी लिएको थियो ।

धनुषाको प्रहरी उनायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले खानतलासी गर्दा होटलको कोठा नम्बर एक सय ६ बाट ४ जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया फाविशगंज घर भई मोरङ्गको विराटनगर उपमहानगरपालिका–१ बस्ने राजकुमार साहुका २७ वर्षीय छोरा समीर साह, महोत्तरी भङ्गहा नगरपालिका–९ बस्ने दिनेश यादवका २१ वर्षीय छोरा आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने बैजनाथ साहका ३० वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका –२ बस्ने सुट्टा साहका ५० वर्षीय छोरा रामचन्द्र साह रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको ३ थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरुको ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो लेखिएको प्रमाणपत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकको नगद जम्मा भौचर, नविल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेल्वे कम्पनी लिमिटेडको ३ थान आवेदन फारम, विभिन्न बैंकहरुका खाली चेकबुकलगायतका सामग्रीहरु बरामद गरेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!