२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रेल्वे सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको बताए । उनले भने, ‘केही अघि रेलवेको क्लीप चोरी भएको भन्ने विषय सार्वजनिक भयो, त्यसैले यसको सुरक्षा नियमित पुलिसिङबाट मात्र सम्भव नहुने भएकाले सशस्त्रलाई जिम्मा दिइएको हो ।’

सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल भने हालसम्म मन्त्रिपरिषदको निर्णय आफूहरु कहाँ आइनसकेकाले कसरी परिचालित हुने भन्ने विषय टुंगो लागि नसकेको बताउँछन् । यद्यपि, धनुषामा रहेको ८ नं. गण मातहतको बार्डर आउट पोष्ट (बीओपी) ले सुरक्षाको जिम्मेवारी सम्हालिरहेको उनी बताउँछन् ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारी दीर्घकालसम्मका लागि भने होइन । ‘रेलवे ऐन बनिरहेको छ, त्यसमा रेल सम्बन्धी सुरक्षाका लागि छुट्टै डेडिकेटेड युनिटको परिकल्पना गरिएको छ’, स्रोतले भन्यो, ‘त्यसैले तत्कालका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिइएको हो ।’

अधिकारीहरुका अनुसार जनकपुर–जयनगर खण्डमा ३५ किलोमटर रेलवे लिक निर्माण भएको छ । त्यहाँ ७ सय बढी क्लिप चोरी भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । चोरी गर्ने व्यक्तिले क्लिपलाई कबाडी कहाँ विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]