१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

बागमतीमा सफा पानी बग्छ ! खानेपानी मन्त्री थापाको दाबी

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

 

(ABC Sanchar)
काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले पशुपतिनाथ क्षेत्रबाट केही दिनमा नै सफा पानी बग्ने बताएका छन् ।

गुह्येश्वरीमा निर्माण भएको गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको शुक्रबार अवलोकन गर्दै उनले प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

इन्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सम्पन्न भइसकेको जानकारी दिए ।

इन्जिनियर पन्थीका अनुसार ढल प्रशोधन केन्द्र सञ्चालन भएपछि दैनिक तीन करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।

फोहोर पानी प्रशोधन हुँदा दैनिक सात टनसम्म मल निस्किने पनि पन्थीले जानकारी दिए ।

सन् २०१६ बाट निर्माण सुरु भएको यो आयोजनामा नेपाल सरकारको ३० प्रतिशत र एसियाली विकास बैङ्कको ७० प्रतिशत लगानी छ ।

कूल लागत २ अर्ब ५५ करोड रुपियाँ रहेको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!