०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बागमतीमा सफा पानी बग्छ ! खानेपानी मन्त्री थापाको दाबी

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

 

(ABC Sanchar)
काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले पशुपतिनाथ क्षेत्रबाट केही दिनमा नै सफा पानी बग्ने बताएका छन् ।

गुह्येश्वरीमा निर्माण भएको गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको शुक्रबार अवलोकन गर्दै उनले प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

इन्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सम्पन्न भइसकेको जानकारी दिए ।

इन्जिनियर पन्थीका अनुसार ढल प्रशोधन केन्द्र सञ्चालन भएपछि दैनिक तीन करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।

फोहोर पानी प्रशोधन हुँदा दैनिक सात टनसम्म मल निस्किने पनि पन्थीले जानकारी दिए ।

सन् २०१६ बाट निर्माण सुरु भएको यो आयोजनामा नेपाल सरकारको ३० प्रतिशत र एसियाली विकास बैङ्कको ७० प्रतिशत लगानी छ ।

कूल लागत २ अर्ब ५५ करोड रुपियाँ रहेको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!