२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ट्राफिक प्रहरीलाई ५०० घुस दिन खोज्दा पक्राउ

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको एउटा ट्रकका चालक ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा थानकोटबाट पक्राउ परेका छन् ।

ड्युटीमा रहेका ट्राफिक प्रहरी कर्मचारीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर विक छन् ।

शुक्रबार ११ बजेतिर थानकोटस्थित हिमाल पेट्रोल पम्पनजिक ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान भानुभक्त ढकालले विकलाई मापसे कारबाही गर्न खोज्दा विकले ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

उनलाई पक्राउ गरी कारबाही गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]