२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

ट्राफिक प्रहरीलाई ५०० घुस दिन खोज्दा पक्राउ

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको एउटा ट्रकका चालक ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा थानकोटबाट पक्राउ परेका छन् ।

ड्युटीमा रहेका ट्राफिक प्रहरी कर्मचारीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर विक छन् ।

शुक्रबार ११ बजेतिर थानकोटस्थित हिमाल पेट्रोल पम्पनजिक ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान भानुभक्त ढकालले विकलाई मापसे कारबाही गर्न खोज्दा विकले ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

उनलाई पक्राउ गरी कारबाही गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]