०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रेस युनियनको ज्ञापनपत्र महासंघ एकतर्फी ढंगले चलाएकोप्रति कडा आपत्ती

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

(ABC Sanchar)
बाँके । नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघ केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभामा सहभागी हुन कोहलपुर आउनुभएका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले ज्ञापनपत्र बुझाउनुभएको छ । महासंघ बाँकेले पटक–पटक नेपाल प्रेस युनियन बाँके सम्बद्ध पत्रकारहरुलाई वाइपास गरेको, हँचुवामा कारबाही गरिएकोप्रति युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘विगतमा नेपाल प्रेस युनियनले महासंघको साधारणसभा बहिस्कार गरेको हो, त्यतिबेला बार्तामा भएको समझदारी हालसम्म कार्यान्वयन नभएको अवस्था छ,’ ज्ञापनपत्रमा भनिएको छ- ‘साधारणसभामा त्यस बेला सहभागी हुन आउनुभएका पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलज्युको मध्यस्थतामा भएको त्यो सहम कार्यान्वयन गरियोस् ।’ महासंघ बाँकेको नेतृत्व अपारदर्शी, स्वेच्छाचारी ढंगले अघि बढेको प्रति युनियनले कडा आपत्ती जनाएको छ । ‘महासंघलाई साझा संगठनको रुपमा नभइकन एकतर्फी ढंगले चलाएकोप्रति कडा आपत्ती जनाउँदै महासंघ नेतृत्वको यस्तै रवैया जारी रहे नेपाल प्रेस युनियनका सदस्य महासंघमा बसिरहन कुनै औचित्य छैन,’ ज्ञापन पत्रमा भनिएको छ । सम्मानजनक ढंगले रहने अवस्था नहुने हो भने युनियन बाँके थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!