०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सञ्चारकर्मी महरामाथि आक्रमण गर्ने दुइजना पक्राउ सार्वजनिक मुद्दा चलाउने DSP सिंह

Logo
प्रकाशित आइतबार, पुष १९, २०७७

 

ABC (क्राईमबिट)
दाङ । न्युज बैंकका प्रधान सम्पादक महेन्द्र महरामाथि ढुंगा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले पुस १३ गते महरामाथि ढुंगा प्रहार गर्नुकासाथै अभद्र व्यबहार गरेको भन्दै तुलसीपुर, ३ निवासी १७ बर्षीय करण नेपाली र सोही ठाउँका १८ बर्षीय शाहिल क्षेत्रीलाई पक्राउ गरिएको हो । तुलसीपुर ९ निवासी २५ बर्षीय महरालाई बेलुवा स्थित गुम्वा नजिक ढुंगा प्रहार गरेर फरार रहेका उनीहरुलाई शनिबार पक्राउ गरिएको हो । अनुसन्धान क्रममा दोसी देखिए सार्वजनिक मुद्दा चलाउने बताए ।
महराकी श्रीमति र भाउजु गुम्वा नजिक घुम्न गएको अबस्थामा ८÷१० जना केटाहरुले जिस्काउनुकासाथै अभद्र व्यबहार गरेपछि अबस्था बुझ्न उनी सोही ठाउँ गएको अबस्थामा ढुंगा प्रहार गर्नुकासाथै गाली गलौज गरेको पीडित महराले बताए । उनको टाउकोमा चोट लागेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!