०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

घर भित्र राखेको मोटरसाइकल धमाधम चोरी प्रहरी खोज्दै चोरलाई

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७


(महेन्द्र सिंह) बाँके । नेपालगन्ज घरभित्र राखेका मोटरसाइकल धमाधम चोरी भइरहेका छन् । कलाकार सुन्दर गुरुङको छोराले चढ्ने कालोमा निलो धर्का भएको १५० सीसीको भे १० प ३५३४ नम्बरको पल्सर बाइक भृकुटीनगरबाट चोरी भएको छ । राती ८-९ बजेको बीचमा मोटरसाइकल चोरी भएको थियो । आफन्तीको घरमा जादा घर अगाडि सडकछेउमा राखिएको मोटरसाइकल चोरी भएको गुरुङले जानकारी दिनुभयो ।
केही दिनअघि पत्रकार जीवन पाण्डेको घरबाटै मोटरसाइकल चोरी भएको छ । गेटको ढोकामा भित्रबाट चुुक्कुल लगाएर भित्र राखिएको मोटरसाइकल राती चोरी भएको पाण्डेले बताउनुभयो ।
भृकुटीनगरका चन्द्र श्रेष्ठको पनि मोटरसाइकल चोरी भएको छ । पछिल्लो दिनमा नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेमा मोटरसाइकल चोरी भएपछि उजुरी दिन जाने पीडितको संख्या बढ्दो रहेको छ । केही दिनयतै ५ वटा मोटरसाइकल चोरी भएको उजुरी पुगेको छ । यता भरी बाँके प्रहरीले खोज्दै छौ भनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!