०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

कपिलवस्तुमा एक व्यक्तिको शब फेला ॥

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

राघवेन्द्र चौबे-१५ (पकडी )कपिलवस्तु
कपिलवस्तु जिल्लाको विजय नगर गाउँपालिकामा एक ५५वर्षीय बृद्ध महादेव थारुको शब फेला परेको छ I
आफ्नै घरको नजिकमा रहेको आपको बगैँचामा थारुको शब भेटिएको परिवारिक श्रोत बताएको छ I गए राति १० बजे घरछेउमा रहेको आँप बगैचामा कोही मान्छे पसेको शंका लागेर हेर्न गएका थारु नर्फके पछि घर परिवारले विहान खोजतलास गर्दा थारु मृत अवस्थामा भेटिएको थिए I राति आपँ चोर्न आएका हरुले हत्या गरेको हुन सक्ने परिवारले बताएका छन ।राति केही युवाहरुलाई उक्त समयमा देखेको थारुको पारिवारले बताएका छन । परिवारको आशंकामा प्रहरीले ८ जना युवाहरुलाई पक्राउ गरी अनुसन्धान सुरुगरको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक खिम बहादुर घर्तीले जानकारी दिनुभयो ।घटनास्थलमा विहानै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा तथा उपाध्यक्ष लक्ष्मी चौधरी पुग्नु भएको छ । घटनाको कसरी घट्यो छिटो अनुसन्धान गरेर अपराधीलाई पक्रि कानुन अनुसार कारबार्ही गर्न अध्यक्ष थापाले प्रहरीलाई निर्देशन समेत दिनुभएको छ । थारुको शव पोस्टमाटमको लागी शिवराज अस्पताल बहादुरगंज पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!