२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी राना आएदेखि विभिन्न अपराधिक घटनाका फरार धमाधम पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेले पत्रकार सम्मेलन गरेर कटुवा पेस्तोलसहित दिपककुमार चौधरी (बर्मा) र मोटरसाइकल चोर पक्राउ, फरार अभियुक्त, भन्सार चोरी पैठारीको सामन बरामद, हराएको मोबाइल फेलादेखि मादक पदार्थ सेवन गरी सवारी चलाउने माथि कारबाही गरेको जानकारी दिएको छ ।
प्रहरीले चौधरी (बर्मा) लाई पसलमा बसिरहेको बेलामा खानतलासी गर्दा कम्मरको दायाभागमा पेस्तोल बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले ६ महिनामा ५ थान भरुवा बन्दुक, तीन थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा २७ वटा मोटरसाइकल चोरी भएकोमा ७ वटा फेला पारेको जानकारी दिएको छ । २० वटाको खोजी भइरहेको छ ।
तीन जना फरार अभियुक्त  र हालसम्म ४ सय ७८ जनालाई पक्राउ गरेको छ ।
चालु आर्थिक वर्षमा एक करोड ८० लाख ७२ हजार २ सय ७८ रुपैया बराबरको राजश्व संकलन गरेको जनाएको छ । एसपी रानाका अनुसार, २ सय ३६ वटा मोबाइल हराएको निवेदन परेकोमा ५५ वटा फेला परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!