२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी राना तालिम प्राप्त प्रहरी कुकुरसहित नाकामा छ्ड्के चेकजाँचमा

Logo
प्रकाशित मंगलबार, पुष २१, २०७७

(महेन्द्र सिंह)
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपाल भारत सिमामा निगरानी बढाएको छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै बाँके प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको छ ।
मंगलबार बिहान् नेपालगन्जको जमुनाह नाकामा आफै चेकजाँचमा खटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको बताए । तालिम प्राप्त प्रहरी कुकुरसहित चेकजाँचमा खटिएका एसपी रानाले हातहतियार तथा लागू औषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको बताउनुभयो ।

पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको छ । नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको एसपी रानाले बताउनुभयो । दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको पनि बताउनुभयो । बाँकेमा खुला सिमानाका कारण लागू औषधको कारोबार तथा ओसारपसार रोकन प्रहरीलाई चुनौतीपुर्ण रहेको एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!