२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोहलपुरका डिएसपी चंन्दको काठमाडौं सरुवा

Logo
प्रकाशित मंगलबार, पुष २१, २०७७

कोहलपुरका डिएसपी चंन्दको काठमाडौं सरुवा  (महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदीप चन्दको सरुवा भएकोछ । चन्दको महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महासशाखा रानीपोखरीमा सरुवा भएको हो ।

चन्दको सरुवा भएको प्रहरी प्रधान कार्यालयले मङ्गलबार जारी सूचनामा उल्लेछ । प्रधान कार्यालयले देशभर ६९ जना (डीएसपी) को सरुवा गरेको सूचनामा उल्लेखछ ।

उनको ठाँउमा रविन्द्र खनाल सरुवा भएका छन् । खनाल महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी काठमाण्डौमा रहेको थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत डिएसपी योगेन्द्र कुमार खड्काको स्थानमा हेमबहादुर शाही आउने भएकाछन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहतमा कार्यरत शाहीको सरुवा भएको हो । यता बर्दियाका डिएसपी खड्काको लागुऔषध नियन्त्रण ब्यूरो काठमाण्डौ सरुवा भएकोछ ।

यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनी झापामा कार्यररत डिएसपी मुकुन्द प्रसाद रिजालको जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएकोछ । जिल्ला प्रहरी कार्यलय दाङमा कार्यरत डिएसपी सुमित खड्काको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाण्डौ सरुवा भएकोछ ।

प्रहरी महानिरीक्षकको निर्णयबाट डीएसपीको सरुवा गरिएको सूचनामा उल्लेख छ । सरुवा माघ महिनादेखि लागू हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]