०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

बैशाख १७ र २७ गते निर्वाचनको तयारीमा नेपाल प्रहरी सुरक्षा कडा

Logo
प्रकाशित शुक्रबार, पुष २४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले आगामी बैशाखमा घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गदै नेपाल प्रहरीले तयारी तीब्र पारेको छ । प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु भएको छ ।

यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउन सुरु गरेको हो ।
चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको एआईजी पोखरेलले बताए । विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी चुनावको सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको उनको भनाई छ ।
यस पटकको चुनावमा पनि प्रहरी प्रधान कार्यालयले प्रतिवन्धित नेत्रविक्रम चन्द समूहलाई चुनौती ठानेको छ । अघिल्लो चुनावमा पनि प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले बम विष्फोट, उम्मेद्वार लक्षित आक्रमण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]