२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

बाँके प्रहरीले ठूलो मात्रामा गाडीसहित माछा पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २६, २०७७

(महेन्द्र सिंह)
बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख डिल्ली खड्का अवैध तस्करविरुद्ध निर्मम बनेका छन् । उनले नगरको शान्ति सुरक्षालाई मजबुद बनाउँदै चोरी तस्करी गर्नेहरु विरुद्ध निर्मम बनेका हुन् । उनको कमाण्डमा दैनिकजस्तो अवैध सामान बरामद हुन थालेपछि तस्करहरु भागाभाग हुन थालेका छन् ।
उनले भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित माछा नेपालगन्जमा बरामद गरेका छन् । लु १ च ७३४० नम्वरको टाटा पिकअपमा गोरुसिंगेबाट नेपालगन्ज हुँदै सुर्खेत लैजान लागिएको अवस्थामा राती १ बजेतिर १२ क्विन्टल माछा बरामदसहित पिकअप भ्यान बरामद गरिएको छ ।

अवैध रुपमा नेपालगञ्ज हुँदै सुर्खेत लैजादै गरिएको १२ क्विन्टल माछा नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नेपालगञ्ज क्वारेन्टाइन कार्यालय बुझाइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त १२ क्विन्टल अवैध माछाको खरिद प्रक्रियाको कागजात नमिलेको प्रमुख खडका ले बताए ।
अवैध तस्करविरुद्ध कुनै सम्झौता हुँदैन उनले भनेका छन् । भारतबाट अवैधरुपमा माछाहरु आउने गरेका कारण नेपाली माछा पालन किसानहरु मर्कामा छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले समेत प्रमुख खड्काको कामको प्रशंसा गर्दै उनको सक्रियताले माछा बरामद भएको उल्लेख गरेका छन् ।
खड्काको नेतृत्वमा भारतबाट हुने माछा मासुको अवैध तस्करी रोकिन थालेपछि नेपाली किसान खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!