१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

निर्वाचनको सुरक्षामा चारवटै सुरक्षा निकाय योजनाको तयारीमा जुटे

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।

गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ ।

मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्याङ्कन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्बद्ध निकायसँग समन्वय गर्दै आएको जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ प्युठान सरुमारानी-४ यो सुन्दा रिस उठ्छ है। करोडौं खर्च गरेर बनाइएको बाटो “अलि अलि झारा टार्ने काम” गरेर ६ महिना/१ वर्षमै लथालिङ्ग हुनु भनेको जनताको पैसाको ठाडो दुरुपयोग हो। बड्डाँडा हंसपुर ऐरावती सडकको समस्या:गुणस्तरहीन काम कालोपत्रे बाक्लो हाल्नुपर्ने ठाउँमा पातलो, माटो नकम्प्याक्सन गरेर, पानी पर्नासाथै उक्किने। ठेकेदारले नाफा मात्र हेरे, काम हेरेन। […]

दाङ । घोराही गर्मी र रोगको संक्रमणलाई मध्यनजर गर्दै आज घोराहीका ७ विद्यालयहरुका क्यान्टीनहरु र शौचालयहरुमा अनुगमन गरेको छ । त्यस अनुगमनमा बालबालिकाहरुले खाने खाजा नास्ताहरु खाद्य स्वच्छता र स्वस्थताका दृष्टिकोणले के कस्तो अवस्था रहेको छ भन्ने कुरालाई मध्यनजर गर्दै त्यहाँ देखिएका कमीकमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने अखाद्य पदार्थहरु, सडेका , बासी […]

कपिलवस्तु । अन्तर्राष्ट्रिय लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा कपिलवस्तुमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजना प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम विशेष उपस्थिति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोहर प्रसाद भट्ट विभिन्न संघ-संस्थाका पदाधिकारी, संचारकर्मी, आमा समूह, […]

error: Content is protected !!