०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

निर्वाचनमा जान काँग्रेस तयार सभापति : शेरबहादुर देउवा

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

(ABC Sanchar)
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताउनुभएको छ ।
नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद उपाध्यायका बारेमा प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पुस्तकको आइतबार राजधानीमा लोकार्पण गर्नुहुँदै सभापति देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रतिनिधि सभाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गतिविधि गर्न नहुनेमा जोड दिनुभयो । सभापति देउवाले २०३६ सालको जनमत सङ्ग्रहमा पनि पार्टीले भाग लिएको सन्दर्भ चर्चा गर्नुहुँदै भन्नुभयो, “पञ्चायतमा गरिएको चुनावमा त भाग लिएको पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भन्नै मिल्दैन, निर्वाचनमा सहभागी हुनैपर्छ ।”
पार्टीका देशभरका साथीहरूले निर्वाचनमा रुचि देखाएको सभापति देउवाले स्पष्ट पार्नुभयो । काँग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भने लड्नुपर्ने अवस्था आएको बताउनुभयो । प्रतिनिधि सभा विघटनको कार्य असंवैधानिक रहेको उहाँले जिकिर गर्दै निर्वाचन स्वतन्त्र हुन्छ हुन्न भन्ने भय छ, निष्पक्ष निर्वाचन नेपाली काँग्रेसको अबको मूल कार्यसूची हो । बीपी कोइराला र सूर्यप्रसाद उपाध्याय दुवै भारतको स्वतन्त्रता आन्दोलनको काराबासमा समेत रहेको सन्दर्भ स्पष्ट गर्दै सभापति देउवाले पार्टीमा उपाध्यायले गरेको योगदानको स्मरणसमेत गर्नुभयो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन भएकाले पुनस्र्थापना हुनुपर्ने माग गर्नुभयो । मुलुकलाई सही दिशामा अगाडि बढाउन काँग्रेसले भूमिका खेल्नुपर्ने अवस्था आएको चर्चा गर्दै नेता पौडेलले निर्वाचनभन्दा संविधानको रक्षा पार्टीको प्राथमिकता हुनुपर्ने विचार व्यक्त गर्नुभयो । काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले बीपीको बन्दी जीवन रिहाइका लागि सूर्यबाबुले मुख्य भूमिका खेल्नुभएको बताउनुभयो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेता उपाध्यायले खेलेको भूमिकालाई स्थापित गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले नेताहरू निर्वासनमा रहेको र पञ्चायत कालमा पार्टी कार्यकर्तालाई उहाँले नै सहयोग गर्नुभएको बताउनुभयो । प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्यालले पञ्चायतको प्रतिबन्धित कालमा सूर्यबाबुले नै प्रजातन्त्रको दियो बाल्नुभएको बताउनुभयो । नेता उपाध्याय बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहका समकक्षी मानिनुहुन्छ । २०१५ सालको आमनिर्वाचनमा पराजित भए पनि बीपी नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उहाँ गृहमन्त्री हुनुभएको थियो ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!