०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

निर्वाचनमा जान काँग्रेस तयार सभापति : शेरबहादुर देउवा

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

(ABC Sanchar)
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताउनुभएको छ ।
नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद उपाध्यायका बारेमा प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पुस्तकको आइतबार राजधानीमा लोकार्पण गर्नुहुँदै सभापति देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रतिनिधि सभाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गतिविधि गर्न नहुनेमा जोड दिनुभयो । सभापति देउवाले २०३६ सालको जनमत सङ्ग्रहमा पनि पार्टीले भाग लिएको सन्दर्भ चर्चा गर्नुहुँदै भन्नुभयो, “पञ्चायतमा गरिएको चुनावमा त भाग लिएको पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भन्नै मिल्दैन, निर्वाचनमा सहभागी हुनैपर्छ ।”
पार्टीका देशभरका साथीहरूले निर्वाचनमा रुचि देखाएको सभापति देउवाले स्पष्ट पार्नुभयो । काँग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भने लड्नुपर्ने अवस्था आएको बताउनुभयो । प्रतिनिधि सभा विघटनको कार्य असंवैधानिक रहेको उहाँले जिकिर गर्दै निर्वाचन स्वतन्त्र हुन्छ हुन्न भन्ने भय छ, निष्पक्ष निर्वाचन नेपाली काँग्रेसको अबको मूल कार्यसूची हो । बीपी कोइराला र सूर्यप्रसाद उपाध्याय दुवै भारतको स्वतन्त्रता आन्दोलनको काराबासमा समेत रहेको सन्दर्भ स्पष्ट गर्दै सभापति देउवाले पार्टीमा उपाध्यायले गरेको योगदानको स्मरणसमेत गर्नुभयो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन भएकाले पुनस्र्थापना हुनुपर्ने माग गर्नुभयो । मुलुकलाई सही दिशामा अगाडि बढाउन काँग्रेसले भूमिका खेल्नुपर्ने अवस्था आएको चर्चा गर्दै नेता पौडेलले निर्वाचनभन्दा संविधानको रक्षा पार्टीको प्राथमिकता हुनुपर्ने विचार व्यक्त गर्नुभयो । काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले बीपीको बन्दी जीवन रिहाइका लागि सूर्यबाबुले मुख्य भूमिका खेल्नुभएको बताउनुभयो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेता उपाध्यायले खेलेको भूमिकालाई स्थापित गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले नेताहरू निर्वासनमा रहेको र पञ्चायत कालमा पार्टी कार्यकर्तालाई उहाँले नै सहयोग गर्नुभएको बताउनुभयो । प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्यालले पञ्चायतको प्रतिबन्धित कालमा सूर्यबाबुले नै प्रजातन्त्रको दियो बाल्नुभएको बताउनुभयो । नेता उपाध्याय बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहका समकक्षी मानिनुहुन्छ । २०१५ सालको आमनिर्वाचनमा पराजित भए पनि बीपी नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उहाँ गृहमन्त्री हुनुभएको थियो ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!