०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले माननन्धर हत्याका फरार अभियुक्त पक्राउ गरि सार्वजनिक

Logo
प्रकाशित मंगलबार, पुष २८, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले चेतन मानन्धर हत्यामा संलग्न नेपालगन्जका हरि वली पक्राउ परेका छन्। नेपालगन्ज १२ सुर्खेतरोडमा ७२ साल असार २८ गते नेपालगन्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न नेपालगन्ज १८ का ३० वर्षीय वलीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गरज जानकारी दिनुभएको छ । वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेका थियो । त्यसलगत्तै उनी फरार थिए ।

यस्तै लाठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ पनि पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको हत्या गरेका थिए । आपसी रिसिवीमा उनले सामुदायिक वनमा भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ल पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार, राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!