१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

लुम्बिनी प्रदेश ५ को SSP राजकुमार बैदेवरको बिदाइ

Logo
प्रकाशित बुधबार, पुष २९, २०७७

(सागर थापा)
दाङ । नेपाल प्रहरीबाट सेवानिबृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजकुमार बैदेवार लाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ ।

राजकुमार लाई प्रहरी नायव महानिरीक्षक रबिन्द्र धानुक ज्युले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र धानुक प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रहरी सेवा नागरिकहरुका लागि हो तर यसमा दुवै पक्षवीचको परस्पर सहकार्य, सदभाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै वरिष्ठ प्रहरी उपरीक्षकले भन्नुभयो, ‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ ।

प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।’ लामो र वृहत इतिहास र भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षक रबिन्द्र धानुकले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी उपरीक्षकलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी उपरीक्षकको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवनबारे चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक डिआइजी रबिन्द्र धानुकले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने समेत बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]