०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको दुईवटा कारागारहरुको सिडियो सहितको अनुगमन

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७

(तेज वली) दाङ। तुल्सीपुर जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले कैदी बस्ने सबै कोठामा पुगेर कैदीबन्दिहरुको बारेमा जानकारि लिएका थिए । कारागारहरुका कैदीबन्दीहरुको बस्न र खानको अबस्थाका बारेमा अनुगमन गरिएको हो ।

साथै प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगिको भुमिका निर्बाह गर्ने प्रतिबद्दता ब्यक्त गरे । सो अबसरमा बन्दिहरुका चौकिदारहरुले लाईब्रेरिमा प्रयाप्त किताबहरु नभएको,खेल सामाग्रिको कमि भएको,खानेपानीको ब्यबस्थापन गर्नुपर्ने र तुलसीपुरमा भएको पुरानो कारागारमा पानि चुहिने समस्या भएको हुदा बस्न कठिनाई रहेको लगायतका समस्याहरु राखेका थिए । यस्तै उनीहरुले कारागारभित्र सुधारिएको चुलो ब्यबस्थापन हुन नसक्दा बिभिन्न स्वास्थ्य समस्याहरु झेल्नुपरेको बताएका थिए । सो अबसरमा मुलुकी ऐन लागु भैसकेको अबश्थामा पनि कारागार प्रशासनमा केहि सुधार हुन नसक्नु दुखद भएको बताएका थिए । ६ महिना कैद बाकि रहेका बन्दिहरुलाई निर्माण ,सिपमुलक र उत्पादनमा लगाउनुपर्ने प्राबधान कानुनमा रहेपनि अहिले सम्म यो कानुन कार्यान्वयन हुन नसक्नु बन्दिहरुका लागि दुखको कुरा रहेको बताएका थिए । ।

कारागारमा सुधारिएको चुल्हो
यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्याल दागले केन्द्रमा सिफारिस गरेको छ । यस अघि परम्परागतरुपमा चलि आएको दाउराबाट खाना पकाउने काम भैरहेको थियो जसबाट कारागार भित्र बिभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका दुईवटै कैरागारहरुमा दाउरा बिस्थापित गरेर ग्यास र ईलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न बिभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारि दिए । उनका अनुसार कारागारहरुमा आबश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखितरुपमा पेश गरेर नितिगत रुपमै समाधान गर्ने तर्फ आफु लागिपरेको समेत बताए ।

बन्दिहरुलाई खेल सामाग्रि हस्तान्त्रण
प्रमुख जिल्ला अधिकारि आचार्यको अनुरोधमा दागमा रहेका दुई कारागारहरुमा खेल सामाग्रिहरु हस्तान्त्रण गरिएको छ ।
फुटबल,भलिबल,ब्याटम्यान्टिन र नेट सहितका खेल सामाग्रिहरु प्रमुख जिल्ला अधिकारि मार्फत कारागारहरुमा प्रदान गरिएको थियो । सो अबसरमा जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्द,तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दागका अध्यक्ष शरद रेग्मीलगायतको सहभागिता रहेको थियो । तुलसीपुर कारागारमा चार सय ८४ जनार घोराहि कारागारमा पनि सोहि हाराहारिमा कैदिहरु बिभिन्न मुद्दामा कैद सजाय भोगिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!