२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्रोत नखुलेको ९ लाख ४० हजार सहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७

 

ABC (क्राईमबिट)
सिरहा । बरियारपट्टी गाउँपालिका-१ कचनारीबाट श्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बरियारपट्टी गाउँपालिका-२ खोक्सी बस्ने ४० बर्षीय मो. सगिर मियाँ र २४ बर्षीय मेहदि मंसुर रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स.८ प ९६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।