२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बाँके ट्राफिकको आयोजनामा सर्बसाधारणलाई ट्राफिक नियमबारे प्रशिक्षण

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७


(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी बाँकेले सवारी चालकलाई मात्र नभई सर्बसाधारणलाई समेत ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ ।

दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्यक्रम अनुसार अस्थाई ट्राफिक प्रहरी पोष्ट उत्तर चिसापानीले आज बिहान बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित बानियाभार प्रहरी बिटमा २५ जना सर्बसाधारणलाई ट्राफिक ऐन नियम र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख राजु भण्डारीले जानकारी दिनुभएको छ ।
प्रशिक्षण पश्चात् सर्बसाधारणहरुले अबका दिनमा आफूले सिकेको कुराको पालना गर्नुका साथै अन्यलाई पनि ट्राफिक नियमबारे जानकारी गराइने बताएका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]