०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पाइप लाइनबाट डिजेल चोरीको प्रयास

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

 

(ABC Sanchar)
काठमाडौं । नेपाल आयल निगमले मोतिहारी अमलेखगञ्ज–पेट्रोलियम पाइप लाइनबाट डिजेल चोरीको प्रयास भएको तर कुनै क्षति हुन नपाएको जनाएको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमलाई कुनै क्षति नभएको र पाइप लाइनबाट नियमति आयात भइरहेको जनाएको हो ।
पाइप लाइनको भारततर्फ बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको इन्डियन आयल कर्पोरेसनको मोतिहारी कार्यालयले जनाएको निगमले विज्ञप्तिमा उल्लेख छ । घटनास्थल रक्सौल नाकादेखि करिब एक सय किलोमिटर भित्र रहेको जनाइएको छ । पाइप लाइनबाट नियमित रूपमा दुई लाख ५० हजार लिटर प्रतिघण्टाका दरले आयात भइरहेको निगमले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!