०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

व्यवसायिक एकता आजको आवश्यकता : पूर्व अध्यक्ष श्रेष्ठ

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

(तेज वली) दाङ । तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उत्तम कुमार श्रेष्ठले मानिसले आधारभुत आवश्यकताको लागि र केहि कमाउने सोचले व्यापार व्यबसाय गरे पनि त्यो आफ्नो नैतिकता र ईमान्दारी भित्र रहेर गर्नुपर्ने बताउनु भएको छ । दुख र कष्ट सहेर व्यबसायमा होमिने व्यक्तिले वास्तविक रुपमा सफलता प्राप्त गर्न सक्ने उहाँको धारणा थियो । रोटरी क्लव अफ तुलसीपुर सिटीमा अतिथी वक्ताको रुपमा आउनु भएका श्रेष्ठले २०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको बेला र २०६२ सालमा महासंघको केन्द्रिय सदस्य भएको बेला आफुले व्यवसायिक एकता र व्यवसायी बिच स्वच्छ प्रतिस्पर्धा हुनु पर्नेमा सधैं जोड दिएको बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, बातावरण,खानेपानी, मातृशिशु र आर्थिक तथा सामाजिक बिकास लगायत हरेक आपत विपतको बेला रोटरी क्लब अफ तुलसीपुर सिटीले पुर्याएको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो साथै क्लबले गर्ने हरेक सामाजिक कार्यमा आफु हातेमालो गर्न तयार रहेको समेत बताउनु भयो ।
श्रेष्ठलाई क्लबका पूर्व अध्यक्ष कुशल तर्तालले खादा ओढाएर स्वागत गर्नु भएको थियो भने पूर्व अध्यक्ष बिमल रिजालले क्लबले स्थापना कालदेखी अहिले सम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले अतिथी वक्ता श्रेष्ठको परिचय गराउनु भएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष हमालले अतिथी वक्ता श्रेष्ठलाई मायाको चिनो प्रदान गर्दै उहाँले व्यवसाय संगै समाजसेवामा पुर्‍याउनु भएको योगदानको प्रसंशा गर्नु भएको थियो । रोटरियन दिपेश भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा क्लबका भावी अध्यक्ष शिव श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सहसचिव बुद्ध प्रकाश सिंहले सहजिकरण गरेको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष देव बहादुर केसी, पूर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष प्रमिश लामिछाने लगायतको उपस्तिथि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!