०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तुलसीपुरमा अटाे रिक्सामा कडा निगरानी कार्वाही गर्न DSP:सिंह सडकमा

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

(सागर थापा)
दाङ । तुलसीपुरमा नेपाल प्रहरी ट्राफिक प्रहरीले तिन पाङग्रे अटाे टेम्पाे ब्यवस्थापनमा जुटेकाे छ । तुलसीपुर क्षेत्रमा तिन पाङग्रे अटाे टेम्पाे बढी दुर्घटना हुन थालेपछि ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले यतिबेला चेकजाँचलाई कडाई गर्नुको साथै अटाे टेम्पाे माथि निगरानी बढाएकाे छ ।

सवारी चालक अनुमती पत्र नभएका, कागजपत्र नबिकरण नभएका, ट्राफिक नियम बिपरित सञ्चालन गरिरहेका, चालकले लगाउनु पर्ने ज्याकेट र परिचय पत्र नलगाएका,कुनै पनि संघ संस्थामा नजाेडिएका ६५ बढी अटाे टेम्पाेहरुलाई कारवाहीकाे दायरामा ल्याएकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्र ना नि चन्द्र के‍.शीले जानकारी दिनुभयाे ।
बुधवार तुलसीपुरका बिभिन्न ठाँउहरुमा कार्यक्रमकाे आयाेजना गर्दै ईलाका प्रहरी कार्यालय तुलसीपुर, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र बिभिन्न यातायात प्रा लिका पदाधिकारीहरुले संयुत्त रुपमा ट्राफिक नियमकाे पालना र दुर्घटना न्युनिकरणका बिषयमा अटाे टेम्पाे चालकहरुलाई प्रशिक्षण समेत दिएका छन ।

कार्यक्रम बिच बाेल्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले मादक पदार्थ सेवन गरी सवारी चलाएकाे भेटिएमा आफुले कुनै पनि किसिमकाे कम्प्रमाईज नगर्ने बताउनुभयाे, अटाेलाई घरका सदस्य जाे काेहीले पनि चलाउने गरेकाले दुर्घटना बढिरहेकाे उहाँले बताउनुभयाे । दुर्घटना न्युनिकरणमा सराेकारवाला सबैकाे सहयाेग भए सवारी दुर्घटनाबाट कसैले पनि अकालमै ज्यान गुमाउनु नपर्ने र कसैले पनि अङ्गभङ्ग हुनु नपर्नेमा उहाँले जाेड दिनुभयाे ।डिएसपी सिंहले सडककाे भगवान चालकहरुलाई बताउदै ट्राफिक नियमकाे पालना गरी सवारी चलाउन अटाे चालकहरुलाई आग्रह समेत गर्नु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!