०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काङ्ग्रेस हल्दिवारीको सिटी जुलुस तथा बिरोध प्रदर्शन

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

 (बिबेक गाहा) झापा । नेपाली काङ्ग्रेस केन्द्रीय कमिटिको निर्देशन अनुसार आज ७५३ स्थानीय तहमा सिटी जुलुश तथा बिरोध प्रदर्शन गर्दै गर्दा हल्दिबारीमा उल्लेखनीय उपस्थिति रह्यो। हल्दिबारी गाउपालिकामा रहेको ५ वट्टै वडाहरुबाट वडान.-२को खर्साङ्गचोकमा एकक्रीत भै हल्दिबारी स्कुलचोकलाइ केन्द्र बनाइ परिक्रमा गरि आयोजित उक्त सभामा नेपाली काङ्ग्रेस र विभिन्न भातृ एवम भगिनी सङ्गठनको उपस्थितिमा करीब ३०० जना भन्दा बढीको थियो। कार्यक्रममा जिल्ला का बरिस्ठ नेता भगिरथ पोद्दार,सल्लाहकार सदस्यहरु बिशिस्ट अतिथिको रुपमा तुलसी ओलि,भुपाल बस्नेत लगायत महाधिवेशन प्रतिनिधि बडाराम हेमरम पुस्तक नेपाल एवम वडा सभापति निराजन दहाल,धन बहादुर सावा,सुभाष बार्हकोटी,देबी दहाल,नेबिस नेता पारस तिम्सिना सहितको उपस्थितिमा वडान-२ का सभापति भीम फ्याकले स्वागत मन्तब्य राख्दै ओलि सरकारको गलत निर्णयविरुद्ध बोल्नुभयो। उता गलत असम्बैधानिक कदमले निम्त्याएको दुर्घटनाको कारण देशले थेग्नै नसक्ने परिस्थितिले जनता अनि गणतन्त्रप्रेमीहरुमा नैराश्यता छाएपनी सर्बोच्च को फैषला पश्चात् जनजीवनमा पुनः खुशी छाउने बिश्वास जगाउदै ओलि सरकारको कृपाबाट खुशी भएर आफ्नो कर्तब्यबाट बिमुख हुनेहरुलाइ अबिलम्ब गलत कदमलाइ सच्याउन सुझाब दिन आग्रह ने क पा(ओलि समूह)का कार्यकर्ताहरुलाइ तुलसी ओलिले अनुरोध गर्नुभयो।उता बरिस्ठ नेता पोद्दारले नेपाली काङ्ग्रेसले सभ्य प्रतिपक्षको भुमिका निर्वाह गर्दै गर्दा निदाएको सग्या नदिन र देशको बिषम परिस्थितिमा काङ्ग्रेसले अहम भुमिका खेल्दै आएको र यश विषम परिस्थितिमा पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता जाहेर गरे। आजको सिटी जुलुस तथा बिरोध सभाको अध्यक्षता दिलिप माबोले गर्नु भयो भने कार्यक्रम सन्चालन सचिब गङ्गा उप्रेतिले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!