०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

चोरी शिकारी रोक्न नेपाली सेनाको ‘अप्रेसन ७ महिनामा १५ जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौँ, माघ ३ गते । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणक्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारी विरुद्ध नेपाली सेनाले ‘अप्रेसन महाहण्ट–७ ’ शुरु गरेको छ ।
यो अप्रेसन सञ्चालन भएको दुई महिना ( पुस र माघ ) मा आरक्षित बन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको अभियोगमा तीन थान हतियार सहित १५ जना विभिन्न निकुन्जक्षेत्रबाट पक्राउ परेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चितवन राष्ट्रिय निकुन्जको माडीक्षेत्रबाट सालकको तस्करी गरिरहेको अवस्थामा स्थानीय केशर तामाङ, शुक्र तामाङ र पन्चलाल प्रजा पक्राउ परेका छन् ।
उनीहरुको साथबाट तीनसय ७५ ग्रामको सालक र तीनसय ग्राम सुकुटी बरामद भएको छ । अभियुक्त पन्चलाल यसअघि चितुवा चोरी शिकारीमा फरार ब्यक्ति भएको सेनाले जनाएको छ ।
त्यस्तैं, बर्दिया राष्ट्रिय निकुन्जक्षेत्रमा संरक्षित बन्यजन्तु चित्तलको शिकार गरी मासु भाग लगाउदै गरेको अवस्थामा बर्दिया बाँसगढीबाट चारजना महिला पक्राउ परेको सेनाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मोनकला भण्डारी, जुना चन्द ठकुरी, जैसरा विक र सावित्री वली छन् । घाँस–दाउरा लिन निकुन्ज प्रवेश गरेका ती महिलाले चित्तल मारी मासु भागवण्डा गरेको आरोप सेनाको छ ।
डोल्पा शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जक्षेत्रमा कस्तुरी मृगको चोरी शिकारी अभियोगमा स्थानीय त्रिपुरा सुन्दरीका मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, सूर्य बुढा, गोकर्ण बुढा, चन्द्र केसी र लक्ष्मी चन्द शाहीलाई सेनाले नियन्त्रणमा लिएको छ ।
उहीहरूको साथबाट तीनथान भारुवा बन्दुक, बारुदको डिब्बा, छर्रा, कस्तुरीको सिङ्ग र दाँत, चौरीको सिङ्ग बरामद भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले पक्राउ अभियुक्तहरूलाई थप कानुनी कारवाहीका लागि आरक्षण प्रशासनको जिम्मा लगाइने गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय निकन्ज तथा बन्यजन्तु आरक्षणमा संरक्षित दुर्लभ बन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न ‘अप्रेसन महाहण्ट–७’ कारवाही अभियान सन्चालनमा छ । यो अभियानमा सेनाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी, आरक्षण प्रशासन र स्थानीयको सहभागिता हुने गरेको छ ।
उहाँका अनुसार, पुस १२ गते चितवन, २३ गते बर्दिया, २७ गते र माघ १ गते शे–फोक्सुण्डोमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारी विरुद्ध सेनाले अप्रेसन सञ्चालन गरेको थियो । यो अभियान निरन्तर सञ्चालनमा रहेको छ ।
निकुन्ज आपसपासका वस्ती, विद्यालय र कलेजहरूमा आरक्षणमा संरक्षित दुर्लभ वन्यजन्तु, प्राकृतिक सम्पदा, वातावरण तथा पर्यावरण सुरक्षा र वन्यजन्तु चोरी शिकारी नियन्त्रणका सम्वन्धी जनचेतना मूलक कार्यक्रम सचालन गर्दै आएको सेनाले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!