२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

राष्ट्रिय अनुसन्धान सूचकको हत्यारा खोज्न SP सहिको टोली फिल्डमा

Logo
प्रकाशित आइतबार, माघ ०४, २०७७


ABC (क्राईमबिट)
बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत एक जवानको हत्या भएपछि त्यसको कारण पत्ता लगाउन अनुसन्धान टोली घटनास्थल पुगेको छ।

स्थानिय नेकपा नेताका छोरा समेत रहेका २७ बर्षीय प्रविन थापा मगरको केहि दिन अघि हत्या भएको थियो। उनको नेपालगन्ज लग्दहवा स्थित तोरीबारीको खेतमा शव भेटिएको थियो।

अनुसन्धानका लागि बाँके प्रहरीले एसपी डीएसपी र इन्स्पेक्टरको कमाण्डमा दुईवटा अनुसन्धान टोली बनाएर फिल्डमा खटाएको हो।

प्रविनको हत्या व्यवसायीक, रिसिईवी वा आवेशपूर्ण के हो भन्ने बारे प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। केहि शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]