०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

वैदेशिक रोजगारबाट दुई लाख फर्किदा ४० हजार मात्र जान पाए

Logo
प्रकाशित सोमबार, माघ ०५, २०७७

 

(ABC Sanchar)
काठमाडौं । खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८२८ जना स्वदेश फर्किसकेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रम स्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी रहेकाे खबर कान्तिपुर दैनिकमा छ ।

साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रुपमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १३ हजार १ स्य ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झण्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै बनेको छ ।

‘चैत पहिलो सातादेखि रोजगारीमा जान रोकिएपछि हामीले बिदामा आएर फर्कन चाहने श्रमिकका लागि साउनदेखि पुनः श्रमस्वीकृति दिन थालेका थियौँ, संस्थागतबाट पठाउने काम भने भदौमा मात्रै सुरु भयो,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘भदौदेखि पुस मसान्तसम्मको रेकर्ड हेर्दा हरेक महिना विस्तारै रोजगारीमा जाने क्रम बढ्न थालेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!